पूर्वराज्यमन्त्रीबाट साढे ३१ करोड भ्रष्टाचार


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २६ मंगलवार ०७:०३ बजे

पूर्वराज्यमन्त्रीबाट साढे ३१ करोड भ्रष्टाचार

काठमाडौं, २६ पुस ।

पूर्वराज्यमन्त्री सञ्जयकुमार साहले पदको दुरुपयोग गरी ३१ करोड ५० लाख २६ लाख ५ सय ५९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पूर्वराज्यमन्त्री साहले आफ्ना परिवारका सदस्य तथा कम्पनीका कर्मचारीहरुको नाममा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप अख्तियारले लगाएको छ ।

साहले आफ्ना बाबु साधु साह सुडी, आमा दुलारी देवी सुडी, श्रीमती रंगीला देवी र भाइ रामकुमार साहको नाममा गैरकानुनी रुपमा कमाएको अकूत सम्पत्ति लुकाएर राखेको अख्तियारले आरोप लगाएको छ ।

साह २०६५ सालदेखि २०६९ सम्म सभासद् २०६५ सालदेखि २०७० सालसम्म भौतिक योजना तथा निर्माण राज्यमन्त्री थिए । आजको नेपाल समाचारपत्रमा खवर छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट