पत्रकार कट्टेललाई हातपात गर्नेलाई कारबाहीको माग


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७९ पुस ३० शनिवार १६:२५ बजे

पत्रकार कट्टेललाई हातपात गर्नेलाई कारबाहीको माग

काठमाडौंः नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा हरेकन्यूज डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्ण कट्टेलमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

शुक्रबार दिउँसो नयाँबानेश्वर चोकमा काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउँदै गरेको समाचार संकलनका लागि पुगेका पत्रकार कट्टेलसहितका ६ जना सञ्चारकर्मीमाथि व्यापारीहरूले दुर्व्यवहार गरेका थिए ।

सो क्रममा एक मोबाईल पसल सञ्चालकले पत्रकार कट्टेललाई कुटपिट गरेको पीडित पत्रकारले महासंघलाई जानकारी गराएका महासंघले जनाएको छ ।

महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको हातपात प्रेस स्वतन्त्रताविरोधी काम भएको बताएका छन् । ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्नको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

 


प्रतिक्रिया

सम्बन्धित समाचार