रोयल्टीको कार्यक्रममा शिक्षाकर्मीको जमघट


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७९ फागुन २२ सोमवार ०८:३७ बजे

रोयल्टीको कार्यक्रममा शिक्षाकर्मीको जमघट

काठमाण्डौं / नयाँ बस्तीस्थित रोयल्टी माध्यामिक विद्यालयले आफ्नो ३६औं अभिभावक दिवसको सन्दर्भ पारेर शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ । दिप ज्योती बैंक्वेटमा शनिबार आयोजित विद्यालय तथा रोयल्टी क्याम्पसको कार्यक्रममा कक्षा ११ का विद्यार्थीलाई सम्मान तथा १२ अध्ययन गरिसकेका विद्यार्थीको विदाई गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश परीक्षा व्यबस्थापन कार्यालयकी प्रमुख जयन्ती सत्याल स्पन्दनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयले अभिभावक भेला समेत गर्यो । कलेजका संस्थापकद्वय अध्यक्ष टुकमान लामा र कलेजका कार्यकारी प्रमुख देवेन्द्र चन्दको अध्यक्षतामा सञ्चालित कार्यक्रममा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षक टि एन धमला,विद्यालयकी शिक्षिका पेमा लामा र कर्मचारी फुटि शेर्पालाई दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरियो । क्याम्पसका शैक्षिक कोर्डिनेटर ध्रुब प्रसाद भण्डारीले कार्यक्रममा शुभकामना एवम् स्वागत मन्तव्य राख्दै कलेजले विद्यार्थीहरुलाई युग सुहाउँदो शिक्षा प्रदान गरिएको दाबी गरे ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख दण्ड पाणी शर्मा,गोकर्णेब्वर प्याब्सनका अध्यक्ष डि एन शिवाकाटी लगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जयन्ती सत्यालले विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेश पलाएन हुने दर बढिरहेकोमा चिन्ता ब्यक्त गर्दै नेपालमा नै गुणस्तर शिक्षा दिएर विदेश पलायन हुनबाट विद्यार्थीहरुलाई रोक्ने कार्यमा यस विद्यालयले पहल गर्नुपर्नेमा जोड दिएकी थिइन् । विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउदै सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उनको जोड थियो ।
अभिभावक दिवसको अवसरमा विद्यालयले आयोजना गरेको खेलकुद सप्ताहमा बिजयी खेलाडीहरु,विद्यालयमा उत्कृष्ठ विद्यार्थीहरुलाई प्रमाण पत्र सहित पुरस्कार वितरण गरिएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट