सिमा क्षेत्रमा स्वयमसेवक नै तस्कर,दोहोरो परिचयपत्र देखाउने बढे


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ वैशाख २३ मंगलवार ०६:५० बजे

सिमा क्षेत्रमा स्वयमसेवक नै तस्कर,दोहोरो परिचयपत्र देखाउने बढे

भारतसँगको सिमानामा लकडाउनको समयमा खटाईएका स्वयमसेवक नै सामान ओसारपसारमा संलग्न भएको पाइएको छ । तराईका अधिकांश क्षेत्रमा लकडाउनको समयमा नयाँ मान्छे आवतजावत नियन्त्रण गर्न स्थानीय तहले खटाएका स्वयम् सेवक नै सामान तस्करमा संलग्न भएको खुलासा भएको छ ।

कोरोना भाईरसको संक्रमण भारत तथा पछिल्लो समयमा नेपालमा पनि बढिरहेको छ । यद्यपी भारतसँगको सिमा क्षेत्र अझै जोखिमपूर्ण छन् । ‘स्वयमसेवक हुँ भन्दै सुरक्षाकर्मीलाई गिज्याउनेहरु बढेका छन् । सुरक्षाकर्मी बन्दुक र लाठी बोकेका छन् तर प्रयोग गर्ने कुनै आदेश छैन । यसरी त नेपालमा कोरोना संक्रमण बढ्ने देखिन्छ’ स्रोतले बतायो । स्वयमसेवक भन्दै नेपाल–भारत सामान ओसारपसार गर्ने गिरोह सिमाक्षेत्रमा बढेका छन् । सिमाक्षेत्रका नेपालीको जग्गा भारतमा र भारतीयको जग्गा नेपालमा भएकाले पनि आवतजावत रोक्न नसकिएको हो ।


‘पर्साको दशौटामा लकडाउन प्रभावकारी हुन सकेको छैन । सिमाक्षेत्रमा सुरक्षाकर्मीले चेकजाँच कडा गरेपनि आफू स्वयमसेवक भन्दै आउने जाने र भारत जानेबेला भारतको रासनकार्ड देखाउने र नेपाल आउनेबेला नेपालको नागरिकता देखाउनेहरु टन्नै छन्’ एक स्थानीयले भने । नेपालमा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । जसमध्ये अधिकांश प्रदेश नम्बर एक र पाँच नम्बर प्रदेशस्थित नेपालगंजमा भेटिएका छन् । सुरुमा तेस्रो मुलुकबाट आउने नेपालीमा कोरोना संक्रमण देखिएपनि पछिल्लो समय भारतीय सिमा क्षेत्र जोखिम बन्दै गईरहेको छ । नेपालगंजमा भारतबाट नै फर्किएका व्यक्तिबाट कोरोना समुदायस्तरमा सरेको पाइएको छ । ‘सिमामा सशष्त्र प्रहरी खटाइएको छ तर लकडाउन उल्लंघन गर्नेलाई एक भाटो हान्ने आदेश सम्म छैन । यसरी त केटाकेटीले समेत प्रहरीलाई जिस्क्याउने अवस्था देखिएको छ । सिमाक्षेत्रमा पर्याप्त सुरक्षाकर्मी खटाएर उनीहरुलाई लकडाउन नियन्त्रण गर्न भन्नुपर्छ । त्यतिले पनि पुग्दैन,हातमा बोकेको लट्ठी नै उज्याउन नपाउने हो भने कोरोना रोकिने छाँट छैन’ स्रोत भन्छ ।

भारतसँगको सिमा पूर्णरुपमा नियन्त्रण र कडाई गर्ने हो भने अन्र्तराष्ट्रिय हवाई उडान समेत बन्द रहेको बेला नेपालमा कोरोना संक्रमण नियन्त्रण गर्न कुनै समस्या नहुने विज्ञहरुले बताउदै आएका छन् । अर्कोतर्फ सांसददेखि स्थानीय तहका प्रमुख,वडाध्यक्षदेखि वडासदस्यसम्मको सक्रियता सिमाक्षेत्रमा नदेखिएको स्थानीयहरुको गुनासो छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट