रोयल्टी क्याम्पस र विद्यालयको कार्यक्रममा परिक्षा बोर्डकी सत्याल आउदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७९ फागुन १६ मंगलवार २२:५० बजे

रोयल्टी क्याम्पस र विद्यालयको कार्यक्रममा परिक्षा बोर्डकी सत्याल आउदै

रोयल्टी माध्यामिक विद्यालयले आगामी शनिबार अभिभावक दिवस मनाउने भएको छ । काठमाण्डौंको जोरपाटीस्थित नयाँ बस्तीमा सञ्चालित विद्यालयको अभिभावक दिवसकै अवसरमा रोयल्टी क्याम्पसका कक्षा ११ मा आएका विद्यार्थीहरुको सम्मान समेत गरिने भएको छ ।

‘शिक्षक,विद्यार्थीसँगै अभिभावको समेत उपस्थितिमा विद्यालय र क्याम्पसको कार्यक्रम गर्न लागेका हौँ’ क्याम्पसका कार्यकारी प्रमुख देवेन्द्र चन्दले भने । उनका अनुसार १२ कक्षा उत्रिर्ण भएका विद्यार्थीलाई सोहि दिन विदाई कार्यक्रम राखिएको छ । दिप ज्योती बैंक्वेटमा हुन लागेको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश परीक्षा व्यबस्थापन कार्यालयकी प्रमुख जयन्ती सत्याल स्पन्दनलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको प्रमुख चन्दले बताए । कार्यक्रममा विद्यार्थीहरुले सांगितिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।

 


प्रतिक्रिया

सम्बन्धित समाचार