
अबदेखि काठमाण्डौंको फोहोर राति मात्रै बञ्चरेडाँडामा खन्याउने सहमति भएको छ । यससँगै काठमाण्डौंमा थुप्रिएको फोहोर शुक्रबारदेखि उठ्ने पक्का भएको छ ।
काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहको सक्रियतामा शुक्रबार बिहान १ बजे १८ बुदे सहमति भएको हो । जसअनुसार शुक्रबारबाट फोहोर उठ्ने भएको छ । सहमति अनुसार ३ महिनाभित्र काठमाण्डौं महानगरपालिकाले सडक बत्ति जोडेर रातको समयमा फोहोर ढुवानी हुनेछ । महानगरले सिसडोल तथा बञ्चरे डाँडामा दुर्गन्ध नआउने व्यवस्था गर्ने सहमति भएको छ । फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसिने गरी २ महिनाभित्र महानगरले वैज्ञानिक व्यवस्थापन गर्ने लगायतको सहमति भएको छ ।
यसअघि गत सोमबार प्रभावित क्षेत्रका जनप्रतिनिधि तथा सम्बन्धित सरकारी निकायबिच भएको सहमति स्थानीयबासीले मानेका थिएनन् । जसले गर्दा मंगलबारबाट फोहोर उठ्ने सहमति भएपनि त्यसो हुन सकेन । बरु उल्टै स्थानीयबासी र फोहोर व्यवस्थापनमा सहज वातावरण बनाउन पुगेको प्रहरीबल बिच पटक पटक झडप भयो । पछिल्लो सहमतिमा काठमाण्डौं महानगरका मेयर बालेन शाह सहित उपमेयर सुनिता डंगोल,प्रभावित क्षेत्र नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ र २ का वडाध्यक्ष,धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ र ३ का वडाध्यक्ष लगायतले हस्ताक्षर गरेका छन् ।
हेर्नुहोस् शुक्रबार बिहान १ बजे भएको सहमति