कांग्रेसले जितेको गोकर्णेश्वरमा यसपटक एमालेको यस्तो छ जनलहर (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७९ वैशाख २५ आइतवार ११:४२ बजे

कांग्रेसले जितेको गोकर्णेश्वरमा यसपटक एमालेको यस्तो छ जनलहर (भिडियो सहित)

काठमाण्डौंको गोकर्णेश्वर नगरपालिकामा यसपटक आफूहरुको जित सुनिश्चित रहेको दाबी नेकपा एमालेका उम्मेद्वारले गरेका छन् । यसअघि कांग्रेस निर्वाचित क्षेत्र भएपनि प्रतिपक्षी दलका नेता कार्यकर्ता नै यसपाली आफ्नो पक्षमा रहेको एमालेबाट मेयरका उम्मेद्वार उद्धव बिष्टले बताए ।

३० बैशाखको स्थानीय निर्वाचन लक्षित घरदैलो कार्यक्रम समापनका क्रममा पत्रकारहरुसँग कुरा गर्दै मेयरका उम्मेद्वार बिष्टले माओवादी केन्द्रमा यसअघि रहेका ८० प्रतिशत कार्यकर्ता एमालेमा आएको दाबी गरे । ‘विगतमा एमाले र माओवादी मिल्दा जुन संगठन बनेको थियो । पछि एमाले माओवादी छुट्टिदा ८० प्रतिशत माओवादीका साथीहरु यतै हुनुहुन्छ । एकिकृत समाजवादीतर्फ एमाले छाडेर जानेहरुको कुनै प्रतिशत हिसाव नै छैन’उनले भने । ०५४ को स्थानीय निर्वाचनमा समेत आफू गाविस अध्यक्ष भएर जनताको सेवा गरिसकेको भन्दै उनले यसपाली पनि मतदाताको विस्वास आफूमाथी रहेको बताए । आफू निर्वाचित भए भ्रष्ट्राचारमुक्त नगरपालिका बनाउने,एक बर्षभित्र नगरपालिकाको आफ्नो भवन बनाउने,प्रत्येक घरमा एउटा धारो पुर्याउने,फोहोरमैला व्यवस्थापन,कृषि क्षेत्रको विकास लगायतमा क्रियाशिल हुने बिष्टको योजना छ ।

काठमाण्डौंको बौद्धदेखि सुन्दरीजलसम्म एमालेले यसअघि कांग्रेस निर्वाचित भएको गोकर्णेश्वर नगरपालिकामा शनिबार चुनावी घरदैलो गरेको थियो । सोक्रममा संघीय सांसद कृष्णकुमार राई,बागमती प्रदेश सांसद एवं प्रदेशमा पूर्वमन्त्री रामेश्वर फुयाल,एमालेबाट उपमेयर पदकी उम्मेद्वार सान्नानी लामा लगायत सबै वडाका अध्यक्ष लगायत अन्य पदका उम्मेदवार सहित कार्यकर्ताको सहभागिता थियो ।

र्याली समापनपछि मेयर पदका उम्मेदवार बिष्टसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट