अनि ठेला छोडेर फर्कियो महानगर प्रहरी….


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७९ माघ २६ बिहीवार २२:४२ बजे

अनि ठेला छोडेर फर्कियो महानगर प्रहरी….

ठेला गाढामा मकै बेचिरहेकी एक महिलालाई महानगर प्रहरीले नियन्त्रणमा लिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाईरल छ । काठमाण्डौंको बुद्धनगरस्थित एक गल्लीमा ठेलागाढा सहित महानगर प्रहरी सामु ती महिलाले हात जोडेर रुदै गरेको देखिन्छ । यो अवस्थामा पनि महानगरले मानवता नदेखाएको भन्दै मेयर बालेन शाहको नाम जोडेर आलोचना भएको देखिन्छ ।

वास्तविकता के हो भनेर हामीले खोजी गर्दा घट्ना सत्य भएपनि महानगर प्रहरीले ती महिलाको ठेला नउठाएको पाईयो । यद्यपी सचेत गरेर छोडिएको महानगर प्रहरीले बताएको छ । धोबीखोला करिडोरबाट बुद्धनगर छिर्ने गल्लीमा उक्त महिलाले महानगर प्रहरी आमुन्ने सामुन्ने हुँदा आफ्नो ठेला नउठाउन बिन्ती गरेकाले तत्कालको अवस्था देखेर आफ्नो टोली फर्किएको काठमाण्डौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए । ‘हाम्रो प्रहरी टोलीले उहाँ सामुन्ने पुगेकै हो । उहाँको अवस्था देखेर टोली फर्किएको हो । तर आगामी दिनमा सडकमा व्यापार नगर्न सचेत गराएका छौँ’ एसपी पाण्डेले भने ।

सडकमा व्यापार गर्नेहरुलाई काठमाण्डौं महानगरपालिका मात्र नभई अधिकांश नगरपालिकाहरुले हटाउदै आएको छ । काठमाण्डौं महानगरपालिकाले पनि विगतदेखि गर्दै आएका कतिपय कामलाई निरन्तरता दिदै आएपनि मेयर बालेन शाहसँग यस्ता विषय कतिपयले जोडेर हेर्ने गरेका छन् ।

 


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट