प्रहरी दमनमाथि छानबिन गर्न राप्रपा अध्यक्ष राणाको माग


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २८ मंगलवार ०८:२० बजे

प्रहरी दमनमाथि छानबिन गर्न राप्रपा अध्यक्ष राणाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भएको प्रहरी दमनमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा आज ट्वीट गर्दै अध्यक्ष राणाले भनेका छन्, “राष्ट्रिय विभूतिप्रति सम्मान, श्रद्धा व्यक्त गर्न आयोजित शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानबिन गरियोस्।”

उनले आक्रोशित हुँदै पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उत्सवमा राष्ट्र निर्माताको सालिकमा माल्यार्पण गर्न जाँदा किन प्रहरी दमन भयो? भन्ने प्रश्न गरेका छन्।

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदा प्रहरी र राप्रपाका कार्यकर्ताहरूबीच सोमबार झडप भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट