रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक आचार्य पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २८ मंगलवार ०७:३७ बजे

रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक आचार्य पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडाैंले रत्नराज्य लक्ष्मी (आर आर) क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्यलाई पक्राउ गरेकाे छ ।

परिसरका एसएसपी अशोक सिंह राठोरका अनुसार क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई पक्राउ गरिएको हाे ।

प्राध्यापक आचार्यले छात्राहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाउँदै आएका थिए । प्राध्यापक आचार्यलाई क्याम्पसबाट नै पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

उनीमाथि अवद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट