अफिमसहित दुईजना पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २६ आइतवार १३:४९ बजे

अफिमसहित दुईजना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर ईन्द्रसरोवर गाउँपालिकाका तिर्थबहादुर गोले र भोजपुर टेक्केमैयुमका प्रकाश सुयल छन् ।

उनीहरुलाई महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–१४ कुलेश्वर स्थित एउटा होटलबाट १ किलो १ सय ग्राम अफिमसहित पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट