चितुवाको छाला बेच्दै हिँडेका तीन जना पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २६ आइतवार ११:१० बजे

चितुवाको छाला बेच्दै हिँडेका तीन जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–३ घर भई काठमाडौंको बौद्ध बस्दै आएका २८ वर्षीय अर्जुन जिरेल, दोलखाकै जिरी नगरपालिका–३ घर भई भक्तपुरको नयाँवस्ती वस्ने ४८ वर्षीय जयवहादुर जिरेल र कैलालीको धनगढी नगरपालिका–७ का २२ वर्षीय राज कँडेल रहेका प्रहरीले जनाएको छ ।

दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको बिशेष टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका–१० शंखमुलबाट आइतबार नियन्त्रणमा लिएको परिसर डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

डीएसपी विष्टका अनुसार उनीहरुको साथबाट चितुवाको छाला १ थान बरामद भएको छ । आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट