एउटै लेखकका तीन कृति एकैसाथ लोकार्पण


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ३ शुक्रवार १६:३८ बजे

एउटै लेखकका तीन कृति एकैसाथ लोकार्पण

काठमाण्डौ
भदौ ३
बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले एउटै लेखकका तीन ओटा कृति लोकार्पण गरेका छन् । बिहिबार काठमाण्डौको प्रज्ञा भवनमा अध्यात्म चिन्तक यज्ञराज ज्ञवालीको तीनओटा अध्यात्म तथा धर्मसम्बन्धी पुस्तक एकैसाथ लोकार्पण गरिएको हो ।

imp
दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेका ज्ञवालीका देवदर्शन,हाम्रो धार्मिक आस्था तथा प्रतिविम्व गरी ३ वटा कृति सार्वजनिक गरिएको हो । दायित्वकै आयोजनामा गरिएको पुस्तक सार्वजनिक समारोहमा संस्कृतिविद जोशीसँगै,साहित्यकारहरु बसन्तकुमार शर्मा नेपाल,भागवत ढकाल,प्राध्यापक डाक्टर दुर्गा प्रसाद अर्याल,साहित्यकार एवं प्रतिष्ठानका अध्यक्ष राम प्रसाद पन्त लगायत थुप्रै लेखक साहित्यकार,पत्रकार लगायतको उपस्थिति थियो । कार्यक्रमका वक्ताहरुले धर्मनिरपेक्षताले गर्दा नेपाली कला,संस्कृति,धर्म तथा ऐतिहासिक रहनसहन नै ओझेलमा परिरहेको समयमा ज्ञवालीद्धारा लिखित यी कृतिहरुले नयाँ पुस्ताको ध्यानाकर्षण गराउने बताएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार