कोटेश्वरको जाम छिचोलेर लागियो बानेश्वरतर्फ । काठमाण्डौंको चोकैपिच्छे जाम । ११ बजे पुग्नुपर्ने थियो बालुवाटार । कोटेश्वरमै घडीले ११ बजेको घोषणा गरिसकेको थियो । बल्लतल्ल १२ बज्नैलाग्दा पुगियो प्रधानमन्त्रीको सरकारी निवास अघि ।
भेट्नुपर्ने कुनै प्रधानमन्त्री वा नेतालाई होइन थियो । भाटभटेनीबाट जाँदा राष्ट्रबैंक नपुग्दै आईपुग्छ सांग्रिला बैंक । हो त्यहि घरको घरधनी त्यस वरपरको कम्पाण्डधनी अर्थात त्यहि घरको पछाडिपट्टिको चिटिक्क परेको रातो घरको घरधनी भेट्नु थियो । यसरी भन्दा तपाईले चिन्नुभएन होला । बरु यसरी भनौँ बरिष्ठ लोकगायक कुमार बस्नेतलाई भेट्नु थियो । हामीले १ घण्टा ढिलै गरेर भएपनि घरमै भेट्यौँ ।
‘छोरी भन्दा आमा तरुनी’ भनेजस्तै ८० बर्ष पुग्न लागेका गायक बस्नेत अझै रातोपिरो देखिन्छन् । ५ बर्षअघि नयाँ पत्रिका दैनिकका लागि अन्र्तवार्तामा भेटिएको अनुहार र हाल भेटिएको अनुहार दुरुस्तै थियो । कुनै बुढ्यौलीपन थपिएकै थिएन ।
‘भित्रै आउनुस् ब्रदर’ गायक बस्नेतले स्वागत गरे । उनले हाम्रोलागि अर्डर गरेको कालो चिया आईपुग्दा नपुग्दै औपचारिक कुरा सुरु भईसकेको थियो । कुरा झण्डै १ घण्टा भयो अधिकांश कुरामा संगितक्षेत्रप्रतिको गुनासो,सुधार हुन आवश्यक कुरा यस्तै उस्तैबारे गायक बस्नेतले बोले ।
हुन त विगतमा गायक बस्नेत आफ्नै गीतका कारण पनि बेलाबखत विवादमा नआएका होइनन् । उनको ब्यंग्यात्मक,प्रतिकात्मक,बिम्बात्मक गीत प्राय प्रेमसँग सम्बन्धित वा महिला पात्रसँग सम्बन्धित थिए तर उनको प्रस्तुतीमा साहित्य पनि मिसिएर आउथ्यो । जमाना अहिले यस्तो आईसक्यो कि, गीत संगितको नाममा छाडा र उछृङ्खल शब्द बोल्ने गाउने नयाँ पुस्ता आईसक्यो । त्यहि पुस्ता नै फेरि भाईरल भईदिन्छ अर्थात धेरैको सेलिब्रेटी । बिदेशिन राहदानी विभागमा भिड लागेजस्तो भाईरल हुने आशामा छाडा शब्द,उत्तेजक प्रस्तुती दिने लर्को बाक्लो छ नेपाली कला साहित्य दुनियाँमा । गायक बस्नेतसँग भएका बिस्तृत कुराकानीको पोयो खोल्दै जाउँला । तर बर्तमान संगित दुनियाँमा देखिएको अबस्थाबारे हामीले राखेका जिज्ञासा र प्राप्त जवाफबारे मात्रै यहाँ कुरा गरौँ ।
युटुवमा भ्युज पाउन,आफ्नो लोकप्रीयता रहिरहोस् भन्न कतिपय स्रष्टा कलाकारले आफ्ना पुराना गीतसंगितलाई नयाँ कलाकारलाई गाउन लगाउने र पुराना गायक गायिकाको नाम समेत उल्लेख नगर्दिने स्थिति आजैभोली मात्रै पनि देखियो । यसरी वास्तविक गायक गायिकाकै नाम नलेखिनु या पुराना कलाकारको गीतलाई ‘कभर सङ’ भन्दै निकाल्ने होडबाजीप्रति कुमार बस्नेत पनि सन्तुष्ट भेटिएनन् । ‘राम्रो होइन हेर्नुस् । आज म बुढो भएँ । मेरो गीत गाउनेले मेरो नाम लिनुपर्ने उनीहरुको कर्तव्य हो । तर भन्दैनन्’ उनले भने ।
बर्तमान संगित दुनियाँबारे बरिष्ठ गायक कुमार बस्नेतको धारणा भिडियोमा हेर्नुहोस् ।