गायक भरत खड्काको नयाँ गीत ‘मयालाई’ सार्वजनिक भएको छ । ग्रामिण परिवेशमा बोलिने भाषाशैली तथा मायाप्रेमको प्रसंग बोकेको गीत गायक खड्काले रचना गरेका हुन् भने संगित दिपकराज विश्वकर्माले गरेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालको ‘ट्रेण्ड’ केन्द्रित गीतसंगित बनिरहेपनि गायक खड्काले भने मायाप्रेम तथा साहित्यिक भावमा डुबेर गीत रचना गरेका छन् । ‘बजारमा उस्तै प्रकृतिका गीतसंगित चलिरहेका छन् । केहि फरकपन दिन सकिन्छ कि भनेर प्रयास गरेको छु’ उनले भने । गीतको भिडियो समेत सार्वजनिक भएको छ । ‘एमएट म्युजिक फ्याक्ट्री’ नामक युटुव च्यानलबाट गीतको भिडियो आएको हो । जसमा बिना राउत,सरोज राना प्रजा लगायतको अभिनय तथा नृत्य छ ।
गायक खड्काले यसअघि ‘तिमी मेरो जिन्दगीमा’ बोलको गीत सार्वजनिक गरिसकेका छन् । सानै उमेरदेखि गजल लगायत साहित्यिक विधामा कलम चलाउदै आएका खड्काको फुटकर गजलहरु प्रकाशित भएका छन् ।
गायक भरत खड्काको गीत भिडियो सहित –