दोहोरी च्याम्पियनको सेमिफाईनलमा पुगेकी गायिका मिना नेपाल सम्मानित


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ कात्तिक ७ आइतवार ०९:४८ बजे

दोहोरी च्याम्पियनको सेमिफाईनलमा पुगेकी गायिका मिना नेपाल सम्मानित

नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को सेमिफाईनलमा पुग्न सफल गायिका मिना नेपाल सम्मानित भएकी छन् । ओखलढुंगा कला साहित्य समाजले राष्ट्रिय चर्चित प्रतियोगीताको उत्कृष्ट चारमा पुगेर ओखलढुंगाको नाम कहलाएको भन्दै गायिका नेपाललाई सम्मान गरेको हो ।

‘दोहोरी च्याम्पियन’ को फाईनल भिडन्त कात्तिक १३ गते पोखरामा हुदैछ । फाईनल प्रवेशका लागि बालचन्द्र बराल र शोभा काकीको टिमसँग मिनासँगै नुवाकोटका राजेन्द्र पाठकले प्रतिस्पर्धा गरेका थिए । सोक्रममा मिनाको टोली सेमिफाईनलमै सिमित भएपनि कडा प्रतिस्पर्धामा उत्रिन सफल भए ।

नेपाल टेलिभिजनबाट प्रसारित च्याम्पियनमा एकपछि अर्को उत्कृष्ट प्रस्तुती दिदै अन्तिम चारमा पुगेकी मिनालाई ओखलढुंगा कला साहित्य समाजले आफ्नो पहिलो नवनिर्वाचित कार्यसमितिको बैठकमा आमन्त्रण गरेर नगद पाँच हजार रुपैया सहित सम्मान गरेको हो । सो क्रममा गायिका नेपालले आफ्नो गृहजिल्लाका स्रष्टासर्जक सम्मिलित समाजले गरेको सम्मानले आफूमाथी जिम्मेवारी थपिएको र उत्साहित बनाएको बताईन् । उनलाई समाजका नवनिर्वाचित अध्यक्ष राज राई लगायत समाजका पदाधिकारी तथा सदस्यले खादा ओढाएर सम्मान गरे ।

‘दोहोरी च्याम्पियन’मा प्रथम हुनेले २० लाख दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन् ।
ओखलढुंगामा जन्मेर कला साहित्यमा निरन्तरता दिदै आएका कलाकार संगठित भएको यस समाजको अध्यक्षमा राई सर्वसम्मत निर्वाचित भएका हुन् । समाजको बरिष्ठ उपाध्यक्षमा गोपाल सेन्चुरी, उपाध्यक्ष ल्हमु शेर्पा, महिला उपाध्यक्ष सुजन राई रोकेमी छन् भने महासचिव रामनाथ घिमिरे, सचिव जीतेन्द्र बानिया, सहसचिव निरुता सेन्चुरी, कोषाध्यक्ष जीवन बम्जन, सहकोषध्यक्ष बुद्धि सुवेदी सहित कार्यसमितिमा १७ सदस्य छन् । गायक गम्बु शेर्पाको नेतृत्वमा गठन भएको यस समाजले पहिलो कार्यकाल पुरा गर्दै राज राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट