पुस २६,
काठमाडौं ।
सञ्चारकर्मी अस्मित पौडेलले अभिनय क्षेत्रमा पनि आशा जगाएका छन् । यतिबेला म्युजिक भिडियोमा व्यस्त उदयपुरको कटारीका अस्मितले ‘छाड्नु रैछ तिमीले’ बोलको गीतको म्युजिक भिडियोमा गरेको अभिनय अहिले आम दर्शकमाझ पुग्ने क्रममा छ । पौडेलको अभिनय रहेको यो पहिलो म्युजिक भिडियो हो । कटारीको युके एफएमका प्रबन्धक निर्देशक समेत रहेका पौडेलले अभिनय गर्ने आफ्नो सानैदेखिको इच्छा भएको र अहिले त्यो पूरा भएको बताए ।

अस्मित पौडेल,प्रमिला कार्की, युवराज आचार्य र दीपेन्द्र कार्कीको अभिनय रहेको यस गीतमा स्वर भने अशोककुमार प्यासी राईको हो ।
यस म्युजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् भने धनराज श्रेष्छाठले छायाँकन गरेका हुन्।
सञ्जु राउतको निर्माण,गायक तथा सङ्गितकार शिव थापा मगरको संगीत रहेको यस म्युजिक भिडियोमा सिन्धुलीको रमणीय दृश्यलाई समेटिएको छ ।
https://www.youtube.com/watch?v=_Y8aOy0BpOk
