माघ २१ गते हलमा गएर ‘परिणाम’ नहेर्नेले परिणाम नपाउने !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २६ मंगलवार ०७:३० बजे

माघ २१ गते हलमा गएर ‘परिणाम’ नहेर्नेले परिणाम नपाउने !

२६ पौष,
काठमाण्डौ ।

हरि पराजुलीको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘परिणाम’ले आगामी माघ २१ गतेलाई प्रदर्शन मिति तोकेको छ । फिल्ममा मुकेश ढकाल, सारिका घिमिरे, झरना रिसाल, किसन सुनार लगायत कलाकारहरुको अभिनय छ ।

सोमबार आयोजित एक प्रेसमिटमा निर्माता तथा निर्देशक पराजुलीले ‘परिणाम’ पुरानो र नयाँ धारको नभई राम्रो फिल्म बनाएको बताए । फिल्ममा नारायण घिमिरेको लेखन तथा माधव शर्माको पटकथार संवाद छ ।

फिल्ममा शिव ढकालकृष्ण बस्नेतको संगीत, एनबी महर्जन र कुमार महर्जनको द्धन्द्ध निर्देशन छ भने कमल राई र प्रिया पराजुलीको नृत्य निर्देशक छ । आफ्नो फिल्म राम्रो चल्नेमा फिल्मका कलाकारहरु समेत आशावादी देखिन्छन ।

यसैबीच फिल्मको एक गीत समेत युट्युबमा रिलिज भएको छ, आकासको जुन धर्तीमा बोलको गीतमा फिल्मका दुई मुख्य कलाकार मूकेश र झरनाको प्रेम र रोमान्स देख्न सकिन्छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार