हल्का जुगा पालेको केटा मन पर्छ – मोडल सन्ध्या पौडेल


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १९ मंगलवार ०९:३८ बजे

हल्का जुगा पालेको केटा मन पर्छ – मोडल सन्ध्या पौडेल

पौष १९,
काठमाण्डौ ।

पछिल्लो समयकी ब्यस्त मोडल हुन् सन्ध्या पौडेल । ‘कोही भन्छन् मलाई स्वर्गकी परी’ ‘जाउला कान्छी जलजला, ‘मेरो मन त डुविरहने’ श्रोताले धेरै रुचाएका आधुनीक गीतमा नृत्य तथा अभनिय गरेकी उनले दर्जनबढी गीतमा मोडलिङ गरिसकेकी छिन् । सन्ध्या अहिले भोजपुरी, नेपाली, राजवंशी गरी ३ वटा भाषामा डविङ भईरहेको ‘सल्मा’ नामको फिल्ममा व्यस्त छिन् । स्वदेश एवं विदेशका धेरै स्टेजमा धुम मच्चाएकी उनी स्टेजमा नाँच्दा छुट्टै मज्जा आउने बताउँछिन् । हल्का पालतो जुँगा पालेको पुरुषहरु केहीवेर हेरीरहु लाग्ने हुने भन्दै उनी भन्छिन् ‘मलाई हल्का जुगा पालेको केटा मन पर्छ ।’

15841827_1302555376472499_1793733063_n

बिहान कति बजे उठ्नुहुन्छ ?
त्यस्तै ७ , ८ बज्छ ।

घरको काम कत्तिको गर्नुहुन्छ ?
खाना बनाउन त्यति भ्याउँदिन । मलाई कोठा र्साहै चिटिक्क बनाउनुपर्छ । अरुले गरेको चित्तै बुझ्दैन । म आफै मिलाउछु । लुगा पनि म आफैं धुन्छु, अरुले धोएको चित्तै बुझ्दैन ।

फेसवुक कत्तिको चलाउनुहुन्छ ?
यति नै भन्ने छैन । कम्तिमा पनि एक घन्टामा अपडेट भइरहेकी हुन्छु ।

कतिलाई ब्लक गर्नु भयो होला ?
नराम्रो कमेन्ट गर्नेहरु साथी छन् भने हटाइहाल्छु । महिनामा ३ देखि ४ जना सम्म हुन्छन् मेरो लिष्टवाट बाहिरिने ।

कमाई कत्ती हुन्छ ?
कमाई त कसरि भन्नु फिक्स जागिर छैन । म्युजिक भिडियो र चलचित्रमा काम गरेवापत कमाई हुन्छ ।

कलाकारलाई कत्तिको र्गाहो छ, काठमाडौंमा बाँच्न ?
कुरै नगर्नुस् । जहाँ पायो त्यहि खान नहुने, जस्तो पायो त्यस्तै लाउन नहुने । एउटा कार्यक्रममा जाँदा लगाएको डे्रस अर्को कार्यक्रममा जाँदा लाउन पाईदैन । पब्लिक फिगर भएपछि धेरै कुरा विचार पुर्याउनुपर्ने रहेछ । गाह्रो छ ।

15820510_1302555386472498_1078110154_n

काठमाडौको के कुराले दिक्क बनाउँछ ?
मलाई ट्राफिक जाम देख्दा साह्रै दिक्क लाग्छ । जाम र धुलोले हैरान बनाउछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार