काठमाण्डौ
मंसिर २१
काठमान्डौ लगायत देशका थुप्रै एफ एम रेडियोबाट प्रसारण हुने कार्यक्रम “मनिराम बा को कुटिमा “ मनिराम बा को भूमिका निभाउने संचारकर्मी अग्नी भट्टराइको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायीका सुनिता राईको स्वरमा रहेको उक्त गीतका गीतकार नगेन्द्र सुबेदि हुन् । भुगोल दाहालको संगीत तथा रोमी बस्नेतको एरेन्ज रहेको ’रङगीन संसार ’ बोलको गीतमा मिस एभरेस्ट आकांक्षा भट्टराइ,भुवन श्रेष्ठ र अबिनाश दोङ को अभिनय रहेको छ भने कोरियोग्राफी सागर केसी, छायान्कन ज्ञानेन्द्र शर्मा , भिडियो एडिटिङ अर्जुन पोखरेलले गरेका छन ।

नेप्टुयुन तथा पिक स्टुडियोमा रेकर्ड भएको उक्त गीतको बजार ब्यब्स्थापन तथा प्रवर्धन भने प्रेस्टिज मिडियाले गरेको छ ।
