पोर्न भिडियो बनाएको आरोपमा भारतीय नायिका पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ २६ सोमवार १०:२९ बजे

पोर्न भिडियो बनाएको आरोपमा भारतीय नायिका पक्राउ

मुम्बई । भारतीय नायिका एवं मोडल गहना वशिष्ठ पोर्न भिडियो बनाएको आरोपमा पक्राउ परेकी छन् । पोर्न भिडियो निर्माण गरी वेबसाइटमा राखेको आरोपमा उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गहना वशिष्ठले ८७ वटा अश्लिल ९पोर्न० भिडियो बनाएकी छन् । त्यसलाई आफ्नो वेबसाइटमा अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ ।

जसले उनको च्यानलको सदस्यता लिएका छन् । उनीहरुले दुई हजार रुपैयाँ तिर्नुपर्छ । साउथको कयौं फिल्ममा अभिनय गरेकी उनी पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा देखिदै आएकी थिइन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार