बलिउड अभिनेत्री रकुल प्रित सिंहलाई कोरोना संक्रमण


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ७ मंगलवार १४:५४ बजे

बलिउड अभिनेत्री रकुल प्रित सिंहलाई कोरोना संक्रमण

मुम्बई । बलिउड अभिनेत्री रकुल प्रित सिंहलाई कोरोना संक्रमण भएकाे छ ।

उनले सामाजिक सञ्जालमार्फत आफु कोरोना संक्रमित भएका जानकारी दिएकी हुन् ।

‘म तपाईहरु सबैलाई बताउन चाहान्छु । मेरो कोरोना रिपोट पोजेटिभ आएको छ’ उनले भनिन् ‘म क्वारेन्टाइममा बसेर आराम गरिरहेको छु । ठिक छु । छिट्टै छायाँकनमा समेत फर्किनेछु ।’

सिंहले आफुसँग सम्पर्कमा आएका ब्यक्तिहरुलाई पनि कोरोना टेष्ट गर्न र सुरक्षित रहन अनुरोध गरेकी छन् ।

रकुल पछिल्लो महिनामा मालदीप ट्रिपमा गएकी थिइन् । त्यहाँ उनले इस्टाग्राममा धेरै तस्बिर समेत शेयर गरेकी छन् । उनी अव फिल्म ‘इन्डियन २’मा पनि देखिनेछिन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार