काठमाण्डौँ , १९ फागुन
निश्पक्ष पत्रकारितासँगै व्यवसायिकताको आवश्यकता औँल्याइएको छ । नेपाल पत्रकार महासंघ नेपाल एफ.एम प्रतिष्ठान शाखाको छैटौँ बार्षिक साधारण सभा तथा चौँथो अधिवेशनको उद्घाटन एवं बधाई ज्ञापन कार्यक्रममा सरकोकारवालाहरुले न्यूनतम पारिश्रमिकको पूर्ण कार्यान्वयन र अन्य सेवा सुविधा पत्रकारहरुको मुख्य मुद्दा हुने गरेको बताएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाका संयोजक एवं प्रमुख अतिथि सुरज आचार्यले श्रमजिवि पत्रकाहरुहरुको शुद्धिकरण प्रतिष्ठान शाखाहरुबाटै हुनुपर्नेमा जोड दिए । उनले न्युनतम पारिश्रमिक कार्यान्वयन, नियमित र श्रमजिवी पत्रकारहरुले मिडिया हाउसमा कार्यरत पत्रकारहरुले छोड्दा के उपलब्धी प्राप्त हुन्छ भन्ने निक्र्योेल हुने वातावरण बनाइनु पर्नेमा जोड दिए । संस्थामा विनियमावली बनाइनुपर्ने उनको भनाई छ ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रोशन पुरीले पनि न्युनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने र नियमित हुनुपर्नेमा जोड दिए ।
प्रतिष्ठान शाखाका नवनिर्वाचित अध्यक्ष वैकुण्ठ ढकालले व्यवसायिक मर्यादा कायम गराउने वाचा गर्दै पेशागत मूल्य मान्यता कायम गराउने दृढता प्यक्त गरे ।
चौथो अधिवेशनले उपाध्यक्षमा शोभा घिमिरे, टोमा लामा, सचिवमा रघुनाथ बजगाँई, सह–सचिवमा इश्वरी बराल र सम्झना पौडेल, कोषाध्यक्षमा रामकुमार शाही, सदस्यहरुमा लक्ष्मी थापा, निशा बास्कोटा, दिव्या दुलाल र सुरेन्द्र लामीछाने सर्वसम्मत चयन भए । यसैगरी, केन्द्रीय सभासदमा विनोद ढुङ्गेल, गोविन्द रोका सचिन र सिर्जना खड्का चयन हुनुभए । यस्तै, प्रदेश सभासद तुलसा घिमिरे, संगम महत, दिपेन्द्र खड्का र सुमन थापामगर चयन भएका छन् ।
