आधुनिक सङ्गितको क्षेत्रमा डिजे सङ्गितलाइ फरक र नयाँ शैलीको सङ्गीत बनावट मानिन्छ । जुन सङ्गीत विषेश गरि अहिलेका युवा पुस्ताको रोजाइको सङ्गीत पनि बनेको छ ।
रुपन्देहीको देवदह नगरपालिकाका युवा अतुल मगर जो नेपालमै डिजे सङ्गितको क्षेत्रमा एउटा नयाँ आयाम बनिरहेका छन । सन् २०१५ मा आफ्नो डिजेको साङ्गितिक यात्रा सुरु गरेका मगर हाल नेपालका विभिन्न शहरहरुमा पुगेर मनोरञ्जन दिने गर्छन् ।
एउटा सामान्य परिवारको युवा भएर पनि फरक शैलीबाट कामको सुरुवात गर्दै उनीले हाल विभिन्न म्युजिक भिडियोहरुमा सङ्गीत निर्माताको रुपमा पनि काम गरिसकेका छन् । नेपालका सुप्रसिद्ध सङ्गितकार चेवाङ्ग लामासंग उनले सन २०१९ मा साङ्गितिक यात्रा सहितको नेपाल भ्रमण समेत गरिसकेका थिए ।
त्यसैगरी नेपालका अर्का प्रसिद्ध सङ्गितकार अल्मोडा राना उप्रेती सङ्ग पनि सहकार्य गरेर आफ्नै म्युजिक भिडियो निकालिसकेका छन ।
लगनसिलता र मिहिनेतले आफ्नो छुट्टै पहिचान बनाउन संघर्ष गरिरहेका अतुल मगरले सेतोमसीसंगको कुरकानीमा आफ्नो साङ्गितिक यात्रालाई जीवनभर निरन्तरता दिने र सङ्गीत प्रती नै आफ्नो जीवन समर्पण गर्ने बताए ।