११ पुस,
काठमाडौं ।
टर्किस ह्याकर्स समूहले सानिमा बैंक र बिजनेस युनिभर्सनल डेभलपमेन्ट बैंकको डाटा ह्याक गरेको डेढ वर्षपछि जेठमा खुलासा भयो। केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल दुई बंगलादेशी नागरिकलाई यिनै बैंकको सिस्टममा अनधिकृत प्रवेश गरेपछि पक्राउ गरी कारबाही चलाए पनि के कति तथ्यांक बाहिरिएको छ, अझै सार्वजनिक हुन सकेको छैन।
दुवै बैंकका ग्राहक र कर्मचारीसम्बन्धी ठूलो तथ्यांक सार्वजनिक गरेको दाबी ह्याकर समूहले गरेपछि सुरक्षा निकाय झस्कियो। आजको नागरिक दैनिकमा समाचार छ ।
नेपालमा यसबाहेक समयसमयमा अन्तर्राष्ट्रिय ह्याकर समूहले सरकारी निकायका वेभसाइट ह्याक गर्ने र बैंकका तथ्यांक चोर्ने घटना भइरहेको छ ।
यस्तै सामाजिक सञ्जालमार्फत हुने ठगीमा प्रहरीले बिचौलिया पक्राउ गरे पनि मुख्य व्यक्ति समात्न सकेको छैन ।यस्ता साइबर अपराध नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालय बेग्लै इकाइ स्थापनाको अन्तिम तयारी गरिरहेको छ।
साइबर अपराधसम्बन्धी घटनाको अनुसन्धान, दोषी व्यक्ति वा संस्थालाई पक्राउ तथा नियन्त्रण, आफ्नै न्यायिक हिरासत र मुद्दामा राय तथा अभियोजनसहितको अधिकार प्राप्त साइबर ब्यूरो स्थापना हुने भएको छ ।
