काठमाण्डौ
मंसिर २१
गायक पवन बयनी फेरि अर्को गितमार्फत सांगितिक बजारमा आएका छन् । सुमधुर स्वरका धनी गायक बयनीको सम्झना हो कि मायाको चिनो गीत पछिल्लो समय लोकप्रीय बन्दै गएको छ ।

दिपक संगम बिसीको लय तथा शब्दमा बनेको यो गीत पवन बयनी र सरिता बिसीले स्वरबद्ध गरेका छन् ।
मालश्री स्टुडियोबाट रेकर्ड भएको गीतको म्युजिक भिडियो चाडै आउने गायक बयनीले बताए । अहिलेपनि युटुवमा सम्झना हो कि मायाको चिनो पवन बयनी सर्च गरेपछि उक्त गीत सुन्न सकिने गायक बताउछन् । गायक बयनीले यसअघि पनि स्वर्गकी सुन्दरी बजारमा ल्याएका थिए ।

उनको स्वरमा आएका देउडा गीत पश्चिम क्षेत्रमा निकै लोकप्रीय छ । स्वर्गकी सुन्दरी बोलको देउडा गीत गायक पवन बयनीले चर्चित गायीका टिका पुनसँग गाएका छन् । उनको पीरतीको प्याला बग्यो बोलको गीत समेत बजारमा आइसकेको छ ।
