अमेरिकामा कोरोना कहरः मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघ्यो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ २९ बिहीवार ०४:५८ बजे

अमेरिकामा कोरोना कहरः मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसकाे संक्रमणबाट अमेरिकामा ४ लाख ८३ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घण्टामा ३ हजार ४३२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ८३ हजार २०० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९६ हजार ८०६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ७८ लाख ९७ हजार २१४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ७८ लाख २७ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९५ लाख ८६ हजार ६९१ जनामध्ये २१ हजार १८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार