मध्यप्रदेश बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५० पुग्यो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन ५ बुधवार ०६:२६ बजे

मध्यप्रदेश बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५० पुग्यो

एजेन्सी । भारतको मध्यप्रदेशको सिधि जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

यो दुर्घटनामा अघिल्लो मंगलबार रामपुर नैकिन थानाक्षेत्रमा बिहान लगभग साढे ७ बजे भएको हो । उक्त बस २२ फिट गहिरो नहरमा खसेको थियो ।

मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामाथि गहिरो दुःख व्यक्त गरेका छन् र दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई ५–५ लाख भारु दिने घोषणा गरेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार