भारतमा बस र रेल ठोक्किंदा १८ जनाको मृत्यु, १९ घाइते


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ साउन १३ बुधवार ०८:१८ बजे

भारतमा बस र रेल ठोक्किंदा १८ जनाको मृत्यु, १९ घाइते

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित बाराबंकीमा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

लखनउ–अयोध्या सडकखण्डमा मंगलबार राति सो दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको हो ।

प्रहरीका अनुसार हरियाणाको पलवलबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले रातिदेखि सडक किनारमा रोकेर राखेका थिए । राति करिब १२ बजेतिर पछाडिबाट रेलले बसलाई ठक्कर दिएको थियो । अधिकांशको घटनास्थलमै मृत्यु भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट