साउदीले कतारमाथि लगाएको नाकाबन्दी हटायो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २१ मंगलवार ०४:३१ बजे

साउदीले कतारमाथि लगाएको नाकाबन्दी हटायो

दोहा । साउदी अरेबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । कुवेतका विदेशमन्त्री शेख डा. अहमद नासेर अल मोहम्मद अल सबाहका अनुसार साउदीले कतारको हवाई क्षेत्र, भूमि र समुद्री सीमा सोमबार मध्यरातिबाट खोल्न सहमति जनाएको हाे ।

कुवेतका शासक अमीर शेख नवाफको प्रस्तावको आधारमा साउदी अरेबिया र कतारबीच हवाई क्षेत्र, भूमी र समुद्री सीमाना खोल्ने सहमति भएको कुवेती विदेश अल सबाहलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

साउदीले जुन २०१७ मा युएइ, बहराइन र इजिप्टसँग मिलेर कतारले आतंकवादको समर्थन गरेको, इरानसंग नजीक भएको, आर्थिक र कूटनीतिक सम्बन्ध बिच्छेद गरेको आरोप लगाए लगाउदै यी देशहरुले कतारमाथि भूमी, समुद्री र हवाई प्रतिबन्धसहित नाकाबन्दी लगाएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार