संसद बैठक नै स्थगित भएको बेला मन्त्री गगनको कुरालाई कसरी लिने सांसदले ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १९ बुधवार १५:५६ बजे

संसद बैठक नै स्थगित भएको बेला मन्त्री गगनको कुरालाई कसरी लिने सांसदले ?

काठमाण्डौ
असोज १९
स्वास्थ्य मन्त्री गगन थापाले अनशनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका युवानेतासमेत रहेका मन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आफूले डा केसीसँग अनशनमा नबसिदिन आग्रह गरेको बताउनुभयो । मन्त्री थापाले त्रिभुवन विश्वविद्यालयको डिनको नियुक्तिको विषय टुङ्गिन सकेमा डा केसीको अनशन अन्त्य हुन सक्ने बताउनुभयो ।

एक प्रश्नमा उहाँले सरकारले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग लगाउन नमिल्ने र चाहेर पनि केही नहुने बताउँदै डाक्टर केसीले उठाएका मागको पक्षमा सांसदका रुपमा आफ्नो समर्थन भने रहेको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार