प्रवुद्ध बनाईएकाहरु भारतको नयाँदिल्लीमा छलफलमा उत्रिदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १८ मंगलवार ०९:३४ बजे

प्रवुद्ध बनाईएकाहरु भारतको नयाँदिल्लीमा छलफलमा उत्रिदै

काठमाण्डौ
असोज १८
भारतको राजधानी नयां दिल्लीमा आजदेखि नेपाल–भारत प्रवुद्ध समूहको बैठक शुरु हुदैछ ।

बैठकमा दुवै देशका प्रबुद्ध समूहले अध्ययन गरेका एजेण्डा पेश गर्ने र सो बारे छलफल हुने बताईएको छ । समुहले १९५० को सन्धी लगायतका नेपाल भारतबीचका विभिन्न विषयहरूमा अध्ययन अनुसन्धान गरी संयुक्त प्रस्ताव निर्माण गर्नेछ । प्रबुद्ध समहुले निर्माण गर्ने संयुक्त प्रस्ताव समूहका सदस्यहरूले आ–आफ्नो देशको सरकार समक्ष प्रस्तुत गर्नेछन् ।
बैठकमा भाग लिन नेपालको तर्फबाट प्रबुद्ध समूहमा रहेका चारै जना हिजै दिल्ली पुगेका छन् । समुहमा नेपालका तर्फबाट पूर्वपरराष्ट्र मन्त्री डा. भेषबहादुर थापा संयोजक हुनुहुन्छ ।  पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र पूर्वसचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य हुनुहुन्छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार