सबैको मुख थुन्नेगरी संविधानमा कैँची लगाउने प्रचण्डको शुत्र कस्तो बन्ला !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १७ सोमवार १५:३२ बजे

सबैको मुख थुन्नेगरी संविधानमा कैँची लगाउने प्रचण्डको शुत्र कस्तो बन्ला !

काठमाण्डौ
असोज १७
प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वमान्य हुनेगरी संविधान संशोधनको तयारी भइरहेको बताउनुभएको छ ।

आज बिहान सर्वदलीय, सर्वपक्षीय मगर प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्री दाहालले विगतमा संविधान निर्माण गर्दा मधेश, थारु र मगरहरुको कलष्टर अलग–अलग पर्न गएको तर यसपटक मधेश, थारु र मगरहरुलाई न्याय हुने गरी संविधान संशोधनमा सहमतिको प्रयास भइरहेको बताउनुभयो । उहाँले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील रहेको बताउनुभयो । भेटका क्रममा मगर प्रतिनिधिहरुले स्वायत्त मगराँत प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधित्व, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने, आदिबासी जनजातिका प्रथाजन्य कानूनहरुलाई वैधानिकता दिनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार