पूरानै इलाकालाई तानतुन बनाएर जनताको आँखामा छारो हाल्ने दलहरुको तयारी !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १७ सोमवार १५:२८ बजे

पूरानै इलाकालाई तानतुन बनाएर जनताको आँखामा छारो हाल्ने दलहरुको तयारी !

काठमाण्डौ
असोज १७
प्रमुख ३ दलले पुरानै संरचनामा रहेको इलाकालाई आधार बनाएर स्थानीय निकायको सिमा र संख्या निर्धारण गर्न स्थानीय तह पूर्नसंरचना आयोगलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आज सिंहदरबारमा बसेको प्रमुख ३ दल र आयोगका पदाधिकारीबिचको छलफलमा दलहरुले यस्तो आह्वान गरेका हुन् । प्रमुख तीन दलको बैठकले स्थानीय निकाय पुर्नसरचना गर्न इलाकालाई आधार बनाउने सहमति यसअघि नै गरेको थियो । जुन सहमतिलाई आज आयोगसमक्ष औपचारिक जानकारी गरेको हो । प्रमुख दलहरुबीच सहमति बनेपछि सरकारले आयोगलाई नयाँ कार्यादेशसमेत दिइसकेको थियो । इलाकालाई आधार बनाएर स्थानीय तहको पूर्नसंचरना गर्नेबारे मधेसी मोर्चासहितका अन्य साना दलहरु पनि असन्तुष्ट छन् । यसैबीच बैठकले आयोगको म्याद यही असोजसम्म रहेकोमा कात्तिक सम्म थप गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार