गोली ठोकाठोकको समयको मुद्धामा सेना तात्न नहुने प्रधानमन्त्री प्रचण्डको भनाई


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १६ आइतवार १५:३४ बजे

गोली ठोकाठोकको समयको मुद्धामा सेना तात्न नहुने प्रधानमन्त्री प्रचण्डको भनाई

काठमाण्डौ
असोज १६
प्रधानमन्त्री पुष्पकमल दाहालले विगतका द्धन्द्धसँग सम्बन्धित मुद्धामा सेना तानिनु नहुने बताउनुभएको छ ।

नेपाली सेनाको मूख्यालय जङ्गी अड्डाको निरीक्षणपछि प्रधानमन्त्री दाहालले नेपाली सेनाको मनोबल उच्च बनाउन सरकार सचेत रहेको बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बारेमा सेना र सरकारको समान सोंच महत्वपूर्ण हुने बताउनुभयो । अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको उच्च योगदान रहेको बताउनुभयो । युद्ध र शान्तिको अन्तरसम्बन्धबारे बोल्दै उहाँले शान्तिको महत्व युद्धमा प्रत्यक्ष सहभागी भएर लडेकोले नै बढी बुझ्ने र बाहिरबाट हेर्नेले युद्ध र शान्तिको अनुभूति गर्न सक्ने तर, आफै युद्धमा सहभागी भएको व्यक्तिले शान्तिको महत्व अरुको भन्दा बढी बुझ्नसक्ने बताउनुभयो । उहाँले भूकम्पको उद्धार, राहत र पूनर्निर्माण र राष्ट्रिय गौरवका आयोजनामा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार