प्रचण्डले भारतसँग गरेको सम्झौतालाई केपीले नराम्रो लक्षण भने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १५ शनिवार १६:३३ बजे

प्रचण्डले भारतसँग गरेको सम्झौतालाई केपीले नराम्रो लक्षण भने

काठमाण्डौ
असोज १५
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्कको अध्यक्ष भएको हैसियतले नेपालले सार्क सदस्य राष्ट्रहरुबिचको असमझदारी हटाउन आफ्नो बलबुता र सामथ्र्यका साथ लागिपर्नुपर्ने बताउनुभएको छ ।

सार्कका दुई सदस्य राष्ट्र भारत र पाकिस्तानबिच बढ्दै गएको असमझदारीका कारण पाकिस्तानमा अर्को महिना हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औ सम्मेलन स्थगित हुने सम्भावना बढिरहेका बेला एमाले अध्यक्ष ओलीले सार्क सम्मेलन गराउन नेपालले विशेष पहल गर्नुपर्ने बताउनुभयो । अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको एपी वान टेलिभिजन,अन्नपूर्ण टुडे साप्ताहिक र अन्नपूर्ण पोष्ट डट कम अनलाइनको अंग्रेजी संस्करणको सुभारम्भ समारोहलाई आज काठमाण्डौ कमलादीस्थित प्रज्ञा भवनमा सम्वोधन गर्दै उहाँले पाकिस्तानमा हुन नसके अर्कै स्थानमा भएपनि सार्क सम्मेलन समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा भएको सहमतितर्फ लक्षित गर्दै सोझो वक्तव्य २४ घण्टाभित्र फेरिएर आउनु आश्चर्यको विषय भन्दै त्यो देशका लागि राम्रो लक्षण नभएको बताउनुभयो । २०४६ सालपछि आमसञ्चारको तिव्र विकास भएपनि यसलाई स्वतन्त्र धारबाट अगाडी बढाउनुपर्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार