काठमाण्डौ
असोज १४
नयाँ शक्ति नेपालले सरकारले पञ्चायतकालीन इलाकालाई गाउँपालीकामा रुपान्तरण गर्ने तयारी गरेको भन्दै त्यसको विरोधमा राजधानीमा आज धर्ना दिएको छ ।
संघीयताको मर्मलाईनै समाप्त गर्ने गरी प्रमुख दलले सो सहमति गरेको भन्दै नयाँ शक्तिले भद्रकालीमा १ घण्टा धर्ना दिएको हो । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गरिएको २५ बुँदे सहमति राष्ट्रियता विपरीत भएको नयाँ शक्तिको ठहर छ । नयाँ शक्तिले दैनिक उपभोग्य सामानहरुको कृत्रिम अभाव, महँगि, कालोबजारी र यातायात क्षेत्रमा देखिएको सिण्डिकेट प्रणाली तत्काल अन्त्य गरिनुपर्ने माग गरेको छ ।
