काठमाण्डौ
असोज १४
भारत भ्रमणका बेला टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले भेटेको आज संसद्मा पुष्टि भएको छ ।
प्रधानमन्त्री दाहालको भारत भ्रमण टोलीमा रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले होटल ताज प्यालेसमा प्रधानमन्त्री दाहालले रेशम चौधरीलाई भेटेको संसदमा सार्वजनिक गर्नुभएको हो । अन्नपूर्ण पोस्ट दैनिकले यसअघि सो भेटघाटबारे तस्बिरसहित समाचार सार्वजनिक गरेको थियो। आज संसदमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले आफूलाई भेट्न आएका रेशमले प्रधानमन्त्री दाहाललार्ई पनि भेटेको बताउनुभयो ।
