काठमाण्डौ
असोज १२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमालेपनि सरकारमा जानुपर्ने बताउनुभएको छ ।
एमाले दाङको १२ औ अधिवेशनको आज उद्घाटन गर्दै नेता नेपालले संविधान कार्यान्वयन,राष्ट्रियता र बिकासका लागि एमाले पनि सरकारमा जानुपर्ने बताउनुभयो । सबैको भावना समेटेर सहकार्य गर्दै मिलाउन सक्ने क्षमता एमालेमा भएकाले पनि सरकारमा जानुपर्ने उहाँले बताउनुभयो । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सत्तापक्षबाट संविधान संशोधनको औचित्य पुष्टि गर्नुपर्ने बताउदै आउनुभएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
