नेपाल र साउदीबीच सहयोग सम्झौतामा हस्ताक्षर


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ चैत १ मंगलवार १२:३१ बजे

नेपाल र साउदीबीच सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडाैं । नेपाल र साउदी अरबबीच जनरल को–अप्रेसन एग्रिमेन्ट (सहयोग सम्झौता)मा हस्ताक्षर भएको छ । मंगलबार बिहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर गरेका छन् । सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुलेको छ ।

साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले साउदीमा रोजगारी पाएका छन् । साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार फैजल दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आएका हुन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार