प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते,


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन १७ सोमवार ०९:२५ बजे

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते,

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत आज जनाउनुभएको छ ।
रासस


प्रतिक्रिया

सम्बन्धित समाचार