नेपालको संविधानबारे अमेरिकामा चियागफ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ८ शनिवार १७:०८ बजे

नेपालको संविधानबारे अमेरिकामा चियागफ

काठमाण्डौ
असोज ८
परराष्ट्रमन्त्री प्रकाशरण महतले संयुक्त राष्ट्रसंघको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युर्योकमा आयोजित एक कार्यक्रममा नेपालको नयाँ संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताउनुभएको छ ।

परराष्ट्रमन्त्री महतले संविधानको कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाइने उल्लेख गर्नुभयो । उहाँले विगतका दुई वटा द्वन्द्वरत पक्ष र शान्ति सम्झौताका हस्ताक्षर कर्ताबीचमा भएको पछिल्लो गठबन्धनले पनि नेपालको शान्ति र संविधान निर्माण प्रक्रियाले गति लिएको तथा कार्यान्वयन पनि सहज रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको संविधान कुन हदसम्म समावेशी छ भन्ने स्पष्ट पार्दै मन्त्री महतले राज्यका पाँच महत्वपूर्ण पदमध्ये तीनवटामा महिला नै प्रमुख रहेको उदाहरण दिनुभएको थियो । संविधान दिवस एवम् राष्ट्रिय दिवसको नाम दिएर आयोजना गरिएको कार्यक्रममा विभिन्न मुलुकका प्रतिनिधि एवम् संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानले कार्यक्रमले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको संविधान बारेमा जानकारी गराउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार