‘मैले सर्वोच्च अदालतलाई मानहानी हुने खालको कुनै अभिव्यक्ति दिएको छैन’ प्रचण्ड


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन १६ आइतवार ०८:१४ बजे

‘मैले सर्वोच्च अदालतलाई मानहानी हुने खालको कुनै अभिव्यक्ति दिएको छैन’ प्रचण्ड

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको अवहेलना नगरेको जवाफ आइतबार सर्वोच्च अदालतलाई दिएका छन् ।

सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाउदै प्रचण्डले भने, ‘मैले सर्वोच्च अदालतलाई मानहानी हुने खालको कुनै अभिव्यक्ति दिएको छैन । ममाथि लगाइएको यो आरोप गलत छ ।’

प्रचण्डले जवाफमा लेखेका छन्, ‘मैले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे आफ्नो धारणा व्यक्त गर्दै जनतालाई सुसूचित गराउने काम मात्रै गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’


प्रतिक्रिया

सम्बन्धित समाचार