प्रधानमन्त्री ओली अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च जाँदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन ६ बिहीवार ०५:२४ बजे

प्रधानमन्त्री ओली अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन बिहीबार सर्वोच्च अदालत जाँदैछन् । ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए ।

अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

अदालतमा विचाराधीन प्रतिनिधिस भा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए ।

म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार उनी जवाफ लिएर अदालत जान लागेका हुन् । प्रधानमन्त्री आउने भएपछि सर्वोच्च अदालत परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार