चकचके केटाकेटीलाइ जरिवाना तिराएझै दललाइ एक सय रुपैया जरिवाना


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ७ शुक्रवार १९:०४ बजे

चकचके केटाकेटीलाइ जरिवाना तिराएझै दललाइ एक सय रुपैया जरिवाना

काठमाण्डौ
असोज ७
निर्वाचन आयोगले ३ बर्षसम्म आय ब्ययको बार्षिक विवरण नबुझाउने ११ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

त्यस्तै अन्य ८२ वटा दललाई आयोगले १ सय रुपैया जरिवाना गरेको छ । आयोगले दर्ता खारेज गरिदिएका दलमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत), नव नेपाल निर्माण पार्टी, जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल, तराई मधेश पहाड हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ॐ सेना नेपाल, नव–जनवादी मोर्चा, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्र्सवादी), नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल जनसंघ पार्टी र नेपाल दलित श्रमिक मोर्चा छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार