सेफ्टी हेल्मेट लगाउदै प्रधानमन्त्री प्रचण्ड मेलम्ची पुगेपछि अर्को बर्ष पानी आउने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ७ शुक्रवार १८:५९ बजे

सेफ्टी हेल्मेट लगाउदै प्रधानमन्त्री प्रचण्ड मेलम्ची पुगेपछि अर्को बर्ष पानी आउने

काठमाण्डौ
असोज ७
प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको आज स्थलगत निरीक्षण गर्दै राष्ट्रिय गौरवको सो आयोजना समयमै सम्पन्न गर्न आयोजनाका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले विकास आयोजना छिटो सम्पन्न गर्ने संस्कारमा प्रतिस्पर्धा गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिनुभएको उहाँको नीजि सचिवालयले जनाएको छ । सो क्रममा प्रधानमन्त्री दाहालले २०७४ सालमा मेलम्चीको पानी काठमाण्डौ आइपुग्ने गरी काम भइरहेको पाएको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार