काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र समाप्त पार्नेविरुद्ध निरन्तर आन्दोलनमा रहेकाे बताएका छन् ।
अखिल नेपाल शिक्षक संघको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपामा देखिएकाे अहिलेकाे विवाद गणतन्त्र समाप्त पार्नेविरुद्धको लडाइ भएकाले ओली र आफ्नो निजी नभएको बताए ।
समावेशीता अझै राम्रो ढंगले कार्यन्वयन गराउन खोज्ने र खारेज गर्ने बिच अहिले द्वन्द्व देखिएको उनको भनाई थियो। प्रधामन्त्री केपी ओलीसँग नेता नै नभएको आरोप पनि उनले लगाए।
‘चोइटी गएको केपी ओलीसँग आसेपासे र हनुमान र ‘बा’ भन्नेहरु मात्रै छन्। त्यहाँ क्रान्तिकारी छैन्। त्या साइवर सेना मात्रै छन्। असल मानिसहरु सबै हामीसँग छन्,’ उनले भने।
भ्रममा परेर ओली समूहमा लागेकालाई पनि आफ्नै समूहमा ल्याउनुपर्ने उनको भनाई थियो। उनीहरुलाई ओली समूहमा लागको भनेर तिरस्कार गर्न नहुने नेपालले बताए।
