काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले आधिकारिक नेकपा र चुनाव चिह्न सूर्य आफूहरुकै हुने दाबी गरेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको (नेकपा) ले आज काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा उनले आधिकारिक नेकपा र चुनाव चिह्न सूर्य आफूहरुकै हुने दाबी गरे ।
ओली समूहले आज नारायणहिटी संग्रहालयअगाडि आमसभा गरिरहेको छ । उनले प्रचण्डलाई अवसरवादी नेताको आरोपसमेत लगाए ।
जतिसुकै षड्यन्त्र गरे पनि आफूहरुको लडाइँ राजनीतिक स्थायित्वका लागि जारी रहने पोखरेलको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
