काठमाडौंमा प्रधानमन्त्री ओलीको पुतला दहन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ २२ बिहीवार १२:३३ बजे

काठमाडौंमा प्रधानमन्त्री ओलीको पुतला दहन

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको विरोधमा आज काठमाडौंमा पुतला दहन भएको छ ।

नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले आज चावहिलमा पुतला दहन गरेको हो ।

संसद विघटन तथा संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्तिको विरोध गर्दै प्रचण्ड–नेपाल समूहले पुतला दहन गरेको हो ।

संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्ति गरेकोविरोधमा प्रचण्ड–नेपाल समूहले आज देशभर आमहड्तालको घोषणा गरेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार