एमालेलाइ कज्याउन विखण्डनकारी लागेको ओलीको बोली


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ५ बुधवार १६:१३ बजे

एमालेलाइ कज्याउन विखण्डनकारी लागेको ओलीको बोली

काठमाण्डौ
असोज ५
नेकपा एमालेको केन्द्रिय समिती बैठक आज सुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा सुरु बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

केन्द्रीय कमिटिको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले मुलुकलाई विखण्डन गर्न चाहने शक्तिले एमालेलाई नियोजित रूपमा कमजोर बनाउन लागिपरेको बताउनुभयो । एमाले बैठकमा संस्थापन पक्ष र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षबिच पार्टीभित्र बढ्दै गएको गुटबन्दीबारे गम्भिर छलफल हुने देखिएको छ । आजदेखि सुरु केन्द्रिय समिती बैठकमा उपमहासचिव घनश्याम भुसालले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथी फरक मत राख्दै छुट्टै राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । अध्यक्ष ओलीले पेश गरेको राजनीतिक दस्तावेजमाथि फरक मत राख्दै बरिष्ठ नेता नेपाल गुटका मानिने भुसालले अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी बढाएको आरोप लगाउनुभएको छ । पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न र आजका चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्न’ शीर्षकमा भुसालले २६ पृष्ठ लामो प्रतिवेदन पेश गर्नुभएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार